बाग्लुङमा घुम्ती सेवा शिविर, तीन सय ६१ लाभान्वित

बाग्लुङ | साउन ३१, २०७९

बाग्लुङमा घुम्ती सेवा शिविर, तीन सय ६१ लाभान्वित


 बागलुङ नगरपालिकाद्वारा सोमबार आयोजित  ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।  

 

बागलुङ-१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, वित्तिय साक्षरता र माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।  शिविरमा चालु आर्थिक वर्षका १६ योजना सम्झौता भएको वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा महिला अध्यक्ष भएका चार , पुरुष अध्यक्ष भएको नौ र संस्थागत तीन गरी १४ योजना समेत सम्झौता भएका थिए । सम्झौता गरिएका सबै योजनाको बैंक खाता खोलिएको छ । 

 

शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ५१ लाभान्वित भएका छन् । तीमध्ये ६७ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । तीमध्ये दुई महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको र १६ महिलाले यौनजन्य रोगको उपचार तथा परीक्षण र तीन जनाको परिवार नियोजना गरिएको जनाइएको छ ।  

 

एक सय चार जनाको मधुमेह परीक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप, स्त्री रोग र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे । नयाँ र पुरानो गरी ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । ती मध्ये ‘क’ वर्गका १५, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका पाँच छन् ।

 

शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । चालीस रोपनी जग्गालाई समेटिएर १५ स्थानको माटोको नमूना परीक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुले केसीका अनुसार भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको छ । शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ४५ लाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।  

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्