बाग्लुङमा घुम्ती सेवा शिविर, तीन सय ६१ लाभान्वित

बाग्लुङ | साउन ३१, २०७९

बाग्लुङमा घुम्ती सेवा शिविर, तीन सय ६१ लाभान्वित


 बागलुङ नगरपालिकाद्वारा सोमबार आयोजित  ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।  

 

बागलुङ-१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, वित्तिय साक्षरता र माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।  शिविरमा चालु आर्थिक वर्षका १६ योजना सम्झौता भएको वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा महिला अध्यक्ष भएका चार , पुरुष अध्यक्ष भएको नौ र संस्थागत तीन गरी १४ योजना समेत सम्झौता भएका थिए । सम्झौता गरिएका सबै योजनाको बैंक खाता खोलिएको छ । 

 

शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ५१ लाभान्वित भएका छन् । तीमध्ये ६७ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । तीमध्ये दुई महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको र १६ महिलाले यौनजन्य रोगको उपचार तथा परीक्षण र तीन जनाको परिवार नियोजना गरिएको जनाइएको छ ।  

 

एक सय चार जनाको मधुमेह परीक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप, स्त्री रोग र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे । नयाँ र पुरानो गरी ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । ती मध्ये ‘क’ वर्गका १५, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका पाँच छन् ।

 

शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । चालीस रोपनी जग्गालाई समेटिएर १५ स्थानको माटोको नमूना परीक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुले केसीका अनुसार भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको छ । शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ४५ लाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।  

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

थप पढ्नुहोस्